काठमाडौं, चैत्र ५ । सेयर बजार कारोबार मापक नेप्से परिसुचक ४३ अंकले बढेको छ। मंगलवारसम्म घटको सेयर बजार बुधवारदेखि भने बढ्न थालेको हो।
बुधबार सामान्य बढेको परिसुचक बिहीबार ४२ दशमलव ९५ अंकले बढेको हो। बिहीबार परिसुचक बढेर २ हजार ४ सय ७५ दशमलव ०९अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
बिहीबार चार अर्ब ६६ करोड रुपैयाँ बराबरका १ करोड १६ लाखभन्दा धेरै कित्ता सेयर किनबेच भएका छन्। नेपाल बंगलादेश बैंकको आज सबैभन्दा धेरै ७७ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ।
Facebook Comments


























