काठमाडौं, चैत्र ४ । गत दुई सातादेखि घट्दो क्रममा रहेको शेयर बजार मंगलबारबाट भने बढ्न थालेको छ। कारोबारको चौथो दिन (बुधबार) नेप्से सूचक ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ८.११ अंकले बढेर ४३८.६० विन्दुमा पुगेको छ।
कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ कारोबारका सबै उपसमुहमा हनियाली छाएको छ। तीन बजेसम्म आइपुग्दाँ कारोबारमा आएका २१२ कम्पनीमध्ये १५५ कम्पनीको शेयर मुल्य बढेको छ भने १५ कम्पनीको शेयर मुल्य घटेको हो र बाकीँ ८ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।
कारोबारमा आएका उक्त कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयर ४४ हजार ६९७ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ३७ करोड ४६ लाख रुपैंया बराबरको कारोबार भएको छ।
Facebook Comments


























