काठमाडौं, चैत्र ४ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ। आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो।
नयाँ वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ। यसअघि पनि नेपाल १५ औं स्थानमै रहेको थियो। नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो।
टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ। यस्तै भारत दोस्रो, अष्ट्रेलिया तेस्रो, पाकिस्तान चौंथो र न्युजिल्याण्ड पाँचौ स्थानमा रहेका छन्।खेलाडीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्का ७० औं स्थानमा यथावत रहेका छन्। यस्तै नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने बलिङतर्फ ८३ औं स्थानमा रहेका छन्।
Facebook Comments


























