काठमाडौं, चैत्र ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन्। एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक बालुवाटारमा बस्नेछ। बैठकमा सूर्य चिह्नबाट निर्वाचित सबै सांसदहरुलाई बोलाइएको उनले बताए।
एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले भोलि (बिहीबार) बिहान ११ बजे बैठक बोलाएका हुन्। ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने भएको छ।
Facebook Comments


























