चैत्र ४ । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५८ जनाको ज्यान गएको छ। मालीसँगको सीमा क्षेत्रमा हिजो मंगलबार भएको आक्रमणमा ५८ जना मारिएका नाइजर सरकारले जनाएको हो।
बीबीसीका अनुसार तिलाबेरी क्षेत्रको बजारबाट चारवटा गाडीमा आउँदै गरेका नागरिकलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए। आक्रमणको कुनै पनि समूहले जिम्मेवारी नलिएको खबरमा उल्लेख छ।
नाइजरमा अहिले दुई वटा विद्रोही समूह सक्रिय रहेका छन्। पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय रहेको बीबीसीले उल्लेख गरेको छ। एजेन्सी
Facebook Comments


























