काठमाडौं, चैत्र ४ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य बृद्धि भएको छ। सोमबार र मंगलबार लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य आज ३०० रूपैयाँले बृद्धि भएको हो। आज छापावाला सुन प्रतितोला ८६ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन पनि आज ८६ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। चाँदीको मूल्य भने आज घटेको छ। चाँदी आज प्रतितोला १० रूपैयाँ घटेर १२७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























