काठमाडौं, चैत्र ३ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियानको बैठक आज बस्दैछ। बिहान ११ बजे बल्खुको सिद्धिगणेश पार्टी प्यालेसमा बोलाइएको बैठकमा नेकपा एमालेभित्र चुलिएको विवादबारे धारणा तय गर्ने एकता अभियानका सचिव बाबुराम थापाले बताए।
अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ मा आफू पक्षीय बैठक राखेर नेपाल–खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेपछि विवाद चुलिएको छ।
Facebook Comments


























