चैत्र ३ । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले शानदार जित हात पारेको छ। सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४-१ गोलले हराएको हो।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे। यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक एक गोल गरे। हुयस्काका राफा मिरले एक गोल फर्काए।
यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि ७ सय ६७औँ खेलको कोशेढुंगा पार गरे। मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी समेत गरेका छन्।
जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २७ खेलमा ५९ अंक जोडेको छ। हुयस्का २० अंकसहित पुछारमा छ। एजेन्सी
Facebook Comments
























