चैत्र २ । बंगलादेश सरकारले भूतपूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियाको जेल सजाय ६ महिनाका लागि पुनः स्थगित गरेको छ।
तर उनी त्यस समयमा विदेश भने जान नसक्ने बंगलादेशको गृह मन्त्रालयले जनाएको छ। खालिदाको तर्फबाट बंगलादेशको सरकारलाई पुनः जेल जीवन स्थगित गर्न निवेदन दिइएको थियो। निवेदनमाथि अध्ययन गरी गृह मन्त्रालयले जेल जीवन स्थगित गरेको हो। उनको स्वास्थ्यमा विविध समस्या रहेको बताइएको छ। उनले बंगलादेशमै बसेर स्थानीय चिकित्सकहरुको सल्लाहमा उपचार जारी राखेकी छन्।
यसअघि पनि खालिदाको जेल जीवन ६ महिनाका लागि स्थगित गरिएको थियो। उनी कोरोनाको प्रकोप फैलिरहेको बेला कारागारबाट मुक्त भएकी थिइन्। एजेन्सी
Facebook Comments


























