चैत्र २ । चीनको इन्नर मंगोलिया र उत्तरपश्चिमी भागबाट आएको आँधीबेहरीका कारण सोमवार बेइजिङ धुलोले छेपिएको छ। धुलाम्मे आँधी इन्नर मंगोलियाबाट आएर गान्सु, शान्सी र खबे प्रान्तमा फैलिएको थियो। आँधीबेहरीका कारण ३ सय ४१ जना बेपत्ता भएका छन्।
चाइना मिटियोरोलोजिकल एडमिनिस्ट्रेसनले सोमवार बिहान येल्लो अलर्ट घोषणा गरेको छ। बेइजिङमा मानिसहरु हावाबाट बच्नका लागि कालो चश्मा, मास्क लगाएका छन्। घुलोका कारण पूरा शहर नै पहेंलपुर भएको छ।
स्थानीय सरकारले श्वासप्रश्वासमा समस्या भएकाहरूलाई घरैमा बस्न आग्रह गरेको छ। आँधीबेहरीका कारण ४०० भन्दा बढी उडानहरू रद्द गरिएको छ। एजेन्सी
Facebook Comments


























