काठमाडौं, चैत्र २ । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ। सभामुख अग्नि सापकोटाले आज दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
चैत्र ३ गते बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुखले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन्। यसअघि पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्।
विघटनविरुद्ध परेको रिटमाथि फैसला सुनाउँदै सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो। त्यसपछि दुईपटक प्रतिनिधिसभाको बैठक बसिसकेको छ।
Facebook Comments


























