काठमाडौं, चैत्र २ । सोमबार सुनको मूल्य स्थिर भएको छ। आइतबार तोलामा चार सय रुपैयाँ बढेको सुनको भाउ दोस्रो दिन स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको भाउ स्थिर रहँदा चाँदी भने तोलामा पाँच रुपैयाँले महँगिएको छ। महासंघका अनुसार सोमबार चाँदी तोलामा एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलामा एक हजार दुई सय ७० रुपैयाँ कायम भएको थियो।
Facebook Comments

























