कैलाली, चैत्र २ । कैलालीको कैलारी गाउँपालिका–७ रामपुरबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा प्लाष्टिकको बट्टाभित्र hlorpheniramine maleated and codeine phosphate syrup लेखिएको लागुऔषध सिसी थान–४० सहित सोही ठाउँका रामविलास चौधरीलाई पक्राउ गरिएको प्रहरी नायव उवपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
चौधरीलाई पक्राउ गरी लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ।
Facebook Comments


























