म्यानमार, चैत्र २ । म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ। आइतबार द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा सुरक्षा फौजले चलाएको गोली लागेर ३८ जनाको मृत्यु भएको हो।
चिनियाँ लगानीका उद्योगमा आगजनी गरिएपछि सुरक्षा फौजले गोली चलाएको थियो। त्यस्तै त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागू गरिएको जनाइएको थियो। चीनले म्यानमारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले बताउने गरेका छन्। एजेन्सी
Facebook Comments


























