चितवन, चैत्र १ । नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट आज ५३ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २ हजार ६ सय १५ पीसीआर नमुना परीक्षण भएको बताएको छ। यसैगरी आज ७७ जना संक्रमित डिस्चार्ज भएका छन्। अहिलेसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ।
आज देशभरी नै ८ सय ९१ जना संक्रमित आइसोलेसनमा रहेका छन्। नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ।
Facebook Comments


























