चैत्र १ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आर्सनल र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ। आर्सनलले घरेलु मैदानमा टोटेनहमसँग खेल्नेछ। आर्सनल र टोटेनहमबीचको खेल राति सवा १० बजे सुरु हुनेछ।
घरेलु मैदानमा आर्सनल जित निकाल्ने लक्ष्यमा हुनेछ। तर, बलियो टिम टोटेनहमविरुद्ध जित निकाल्न आर्सनललाई कठिन हुनेछ। आर्सनल ३८ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ। ४५ अंक जोडेको टोटेनहम सातौं स्थानमा रहेको छ।
अर्को खेलमा म्यानचेस्टर युनाईटेडले वेस्ट ह्यामसँग खेल्नेछ। युनाईटेड ५४ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ। वेस्ट ह्याम ४८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। यस्तै लेष्टर सिटीले सेफिल्डसँग खेल्दा साउथह्याम्पटनले ब्राइटनसँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























