चैत्र १ । भारत र इंग्ल्यान्डबीचको दोस्रो टी–ट्वान्टी खेल आज साँझ हुँदै छ। नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ सवा ७ बजे बाट सुरु हुनेछ।
पाँच खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डले सहज जित निकालेको थियो। आजको खेल पनि जित्दै इंग्ल्यान्ड शृंखलामा अग्रता दोब्बर बनाउने योजनामा हुनेछ। घरेलु टिम भारत पनि आजको खेलमा जित निकाल्दै शृंखलामा बराबरीको स्थितिमा पुग्न चाहन्छ।
पहिलो खेलमा भारतको ब्याटिङ नचल्दा लज्जास्पद हार व्यहोर्नुपरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर मात्र १२४ रन बनाएको थियो। इंग्ल्यान्डले १५ ओभर ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। एजेन्सी
Facebook Comments


























