काठमाडौं, चैत्र १ । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले निर्वाचन गराउन कांग्रेस सरकारमा जाने बताएका छन्। प्रेस युनियनले हलेसीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले अब बन्ने मिलिजुली सरकारले बहुमतको जस्तो काम गर्न नसक्ने भएकाले निर्वाचन मात्र गराउने बताए।
साथै अब आउने सरकारको काम अर्ली या मध्यावधि जे भनेपनि निर्वाचन गराउने नै मुख्य भएको बताए। सर्वोच्चको निर्णयले एमाले–माओवादी छुट्याइ दिएको र त्यसपछि राजनीतिक अवस्था झनै बिग्रेर गएको पनि उनले बताए।
विप्लव र रेशम चौधरी दुवै गलत गतिविधिमा संलग्न रहे पनि सत्तासाझेदारीको उद्देश्यले विप्लवलाई छुटकारा दिएको र चौधरीलाई पनि छोड्ने प्रयत्न भइरहेको कोइरालाले बताए। आउने कांग्रेसको १४ औं महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिने समेत कोइरालाले बताए।
Facebook Comments


























