फागुन २७ । बलिउड अभिनेता अमिताभ बच्चनलाई ‘एफआईएएफ २०२१’ अवार्ड द्धारा सम्मान गरिने भएको छ। उनलाई इन्टरनेसनल फेडरेशन अफ फिल्म आर्काइभले सम्मान गर्न लागेको हो।
लामो समय बलिउडमा बिताएका अमिताभलाई फिल्म क्षेत्रमा पुर्याएको योगदानका लागि अवार्डद्धारा सम्मान गर्न लागिएको हो। भारतीय फिल्म क्षेत्रबाट यो अवार्ड पाउने पहिलो व्यक्ति अमिताभ हुन्। प्रख्यात अन्तर्राष्ट्रिय निर्देशक क्रिस्टोपर नोलन र मार्टिन स्कोसिगीले अवार्ड प्रदान गर्नेछन्। अवार्ड १९ मार्चमा अनलाईन कार्यक्रम गरेर प्रदान गरिने छ। एजेन्सी
Facebook Comments


























