चितवन, फागुन २७ । नेपालमा थप ९७ जनामा कोरोना भइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार चार सय ८४ जनामा गरीएको परीक्षणको क्रममा ९७ जनामा संक्रमण देखिएको हो।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ७५ हजार ७० जना पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ६६ जनाले कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। हालसम्म दुई लाख ७१ हजार एक सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
Facebook Comments


























