काठमाडौं, फागुन २७ । बिहीबार नेपाली बजारमा सुनको मुल्य तोलामा ६०० रुपैंयाले बढेको छ। हिजो प्रतितोला ८६ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले बढेर प्रतितोला ८६ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।
तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ३५० रुपैंया रहेको छ। यस्तै, चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ८५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ। हिजो चाँदीको मुल्य १२ सय ७० रुपैंया रहेको थियो।
Facebook Comments
























