काठमाडौं, फागुन २७ । नेपालमा चाँदीको आयातमा भारी कमी आएको छ। चालु आर्थिक बर्षको माघ मसान्तसम्म आउँदा चाँदीको आयातमा ५९.६ प्रतिशतले घटेको हो।
व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो। केन्द्रका अनुसार गत आवको माघसम्म ७ अर्ब ५३ करोड बराबरको चाँदी आयात भएको थियो। तर, चालु आवको यसै अवधीमा भने रु.३ अर्ब ३ करोड ५३ लाख बराबरको चाँदी आयात भएको छ। गत आवभरमा भने ९ अर्ब ४९ करोडको चाँदी आयात भएको थियो।
Facebook Comments


























