काठमाडौं, फागुन २६ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम लिग खेलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ। बुधबार भएको खेलमा खुमलटारले बाँसबारी क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटो खुमलटारलाई जित दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक एक गोल गरे। बाँसबारीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा आदीलको गोलबाट खुमलटारले १३ औं मिनेटमा अग्रता बनाएको थियो।
खेलको ४१ औं मिनेटमा प्रसान्तले गोल गरेपछि पहिलो हाफमा खुमलटार २-० ले अघि रह्यो। खेलको ४८ औं मिनेटमा आयुषले गोल गरेपछि खुमलटारले ३-० को अग्रता बनायो। त्यसपछि खेलको ७७ औं मिनेटमा महेशले गोल गर्दै खुमलटारलाई ४-० को जित दिलाए।
जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँगअंक बराबरी समेत गरेको छ। खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ। खुमलटार लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ।
एक खेल बाँकी रहेको सातदोबाटोको २५ अंक रहेको छ। सातदोबाटोले लिगको उपाधि यस अघि नै जितिसकेको छ। उपाधिसँगै सातदोबाटो ुएु डिभिजनमा उक्लिएको छ। बाँसबारीले ११ खेलमा २१ अंक जोडेको छ। बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ।


























