बाँके, फागुन २६ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१, विशालनगर चोकनजिकबाट एकनाले कटुवा पेस्तोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा नेपालगन्ज–१, पिपल चौतारा बस्ने २७ वर्षीय प्रेमकुमार बहिलिया र बर्दियाको राजापुर नगरपालिका–१० बस्ने २४ वर्षीय कृष्णा चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उक्त पेस्तोलसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।
Facebook Comments


























