बारा, फागुन २५ । बाराको निजगढ नगरपालिका–९ मा एक युवकको विभत्स हत्या भएको छ। बुद्धचोक नजिकै घरमा एक्लै रहेका १८ वर्षीय रोहित शर्माको विभत्स अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
कार्यालय प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार ती युवकको धारिलो हतियार प्रयोग गरि हत्या भएको हुन सक्ने आशंका गरिएको छ। घटनाको अनुसन्धान जारी छ।
Facebook Comments


























