हेटौंडा, फागुन २४ । हेटौंडा–४ स्थित पुष्पलाल पार्कमा रहेको नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको छ। सोमबार बिहान नेकपा एमालेका नेता तथा कार्यकर्ताको उपस्थितिमा पार्टी कार्यालयमा लगाएको ताला खोलिएको हो।
केही महिनाअघि नेकपा दाहाल–नेपाल समूहका नेताले एक पक्षीय ढङ्गले गुटको कार्यक्रम गर्न थालेको भन्दै पार्टी कार्यालयमा ताला लगाइएको थियो। सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै पार्टी कार्यालय खोलेर नियमित कार्यहरू सुचारु गरिएको नेकपा एमाले मकवानपुरका नेताहरूको भनाइ छ।
Facebook Comments


























