फागुन २४ । घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको टी(ट्वान्टी क्रिकेट सिरिज जितेको छ। सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ३ विकेटले हराएर वेस्ट इन्डिजले २-१ ले सिरिज आफ्नो बनाएको हो। श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। वेस्ट इन्डिजको जितमा लेन्डल सिमोन्सले सर्वाधिक २६ रन जोडे।
यस्तै निकोलस पुरणले २३ रन बनाए। इभिन लेविसले २१ रन जोड्दा फाबियन एलनले अविजित रहदै २१ रन बनाए। क्रिस गेल १३ रनमा आउट हुँदा कप्तान काइरन पोलार्ड सुन्य रनमा पेभेलियन फर्किए। जासन होल्डर १४ रनमा अविजित रहे। श्रीलंकाका लक्शान शन्दकानले ३ विकेट लिए। दुश्मन्था चामिरा र हसरंगा डा.सिल्भाले २/२ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो। श्रीलंकाका लागि दिनेश चण्डीमालले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४६ बलमा ३ चौका प्रहार गरे।
यस्तै अशेन बन्दराले ३५ बलमा ३ चौका र २ छक्कासहित ४४ रन बनाए। कप्तान एन्जेलो म्याथ्युज ११ रनमा आउट भए। वेस्ट इन्डिजका फाबियने एलन,केभिन,ओबेड म्याकक्वे र जासन होल्डरले एक एक विकेट लिए। सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले ४ विकेटको जित निकालेको थियो। तर, दोस्रो खेलमा श्रीलंकाले ४३ रनको जित निकालेको थियो। एजेन्सी


























