फागुन २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल घरेलु मैदानमा स्तब्ध भएको छ। आइतबार भएको खेलमा लिभरपुल फुलहमसँग १-० गोलले पराजित भएको हो। लिभरपुल घरेलु मैदानमै फुलहमसँग पराजित भएको हो।
फुलहमलाई जित दिलाउन मारियो लेमिनाले ४५औँ मिनेटमा निर्णायक गोल गरे। लिभरपुलले घरेलु मैदानमा लगातार छैटौँ हार व्यहोरेको छ। यस्तै फुलहमले सन् २०१२ पछि पहिलो पटक लिभरपुललाई उसैको मैदानमा हराएको हो। जितपछि फुलहमले २६ अंकसहित १८औँ स्थानमा रहेको छ । लिभरपुल ४३ अंक जोडेर सातौं स्थानमा छ। एजेन्सी
Facebook Comments


























