काठमाडौं, फागुन २३ । नेकपाको दाहाल–नेपाल समूहले संसदीय दलको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको जानकारीसहितको पत्र संसद सचिवालयल दर्ता गर्न अस्वीकार गरेको छ। दाहाल र नेपाल आफू पक्षका सांसदसहित दलको नेतामा प्रचण्ड निर्वाचित भएको पत्र लिएर संसद सचिवालय गएका हुन्।
तर संसद सचिवालयका महासचिव भरतराज गौतमले नेकपा औपचारिक रुपमा एक रहेको र दलको नेता केपी शर्मा ओली नै रहेकाले कानून अनुसार पत्र स्वीकार गर्न नमिल्ने बताएका हुन्। दाहाल–नेपालले पत्र दर्ता गर्न दबाब दिएपछि महासचिव गौतमले कानूनी टिमसँग सल्लाह गर्नु पर्ने बताए। अहिले दाहाल–नेपाल संसद सचिवालयमै छन्।
Facebook Comments


























