काठमाडौं, फागुन २३ । काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई जितका लागि २ सय ५९ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५८ रन बनायो। पुलिसको उच्च योगफलमा दिपेन्द्र सिंह ऐरीले १ सय ४० रनको शतकीय इनिङ्स खेले। दिपेन्द्रले १ सय ३१ बलमा ११ चौका र ६ छक्का प्रहार गरे।
यस्तै पवन सर्राफले ३५ रन जोड्दा सुनिल धमलाले ३३ रन बनाए। अनिल साहले १८ र कुशल भुर्तेलले १० रन जोडे। एपीएफक शरद भेषवाकरले ३ विकेट लिए। अविनास बोहराले २ तथा अमर रौटेलाले १ विकेट लिए।
आज दुबै टिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेका छन्। पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १ विकेटले हराएको थियो। पुलिसले भने बागमती प्रदेशलाई २ रनले हराएको थियो।


























