काठमाडौं, फागुन २३ । काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर-११ ले बागमती प्रदेशलाई जितका लागि २ सय ४५ रनको लक्ष्य दिएको छ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४४ रन बनायो। काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४९ रन बनाए। कप्तान सन्दीप लामिछानेले ४२ रन जोड्दा सिद्दान्त लोहलीले ३४ रन जोडे।
Facebook Comments


























