फागुन २३ । घरेलु टिम न्युजिल्याण्डले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ। विलिङटनमा आइतबार पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै न्युजिल्याण्डले सिरिज ३-२ ले जितेको हो।
अष्ट्रेलियाले दिएको १ सय ४३ रनको लक्ष्य न्युजिल्याण्डले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। न्युजिल्याण्डको जितमा मार्टिन गुप्टिलले ७१ रनको अर्धशतकीय इनिङ्स खेले। डेभोन कोन्वेले ३६ रन जोड्दा ग्लेन फिलिप्सले ३४ रन बनाए। अष्ट्रेलियाका रिले मेरेडिथले २ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। अष्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ४४ रन बनाए। आरोन फिन्चले ३६ रन जोड्दा मार्कुस स्टोनिसले २६ रन बनाए। न्युजिल्याण्डका इश सोधीले ३ विकेट लिए। टिम साउथी र ट्रेण्ड बोल्टले २/२ विकेट लिए। एजेन्सी


























