काठमाडौं, फागुन २३ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन्। गृहमन्त्री थापाले आज बिहान कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन्।
मन्त्री थापाले काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन्। संघीय संसदको प्रतिनिधि सभा बैठक अगाडि सभामुखसहित सबै सांसद र मन्त्रीहरुलाई खोप लगाउन शुरू गरिएको थियो। सभामुखसहित दलका शीर्ष नेताहरुले बुधबार नै नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाएका थिए।
Facebook Comments


























