काठमाडौं, फागुन २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श गरिहेका छन्। अहिले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल प्रमुख सचेतक देव गुरुङ नेता कृष्णभक्त पोखरेल सभामुखसँग छलफलमा छन्।
आज अपराह्न ४ बजे संसद बैठक बस्दैछ। बैठकअघि नेताहरु परामर्शमा जुटेका हुन्।
Facebook Comments


























