काठमाडौं, फागुन २३ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नयाँ बस्ती युवा क्लबले श्री कुमारी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
नयाँ बस्ती र झम्सिखेलबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ। नयाँ बस्ती ९ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ। श्री कुमारी ९ खेलमा ८ अंक जोडेर दशौँ स्थानमा रहेको छ।
अर्को खेलमा बाँसबारी क्लबले झम्सिखेल युथ क्लबसँग खेल्नेछ। बाँसबारी र झम्सिखेलबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ। बाँसबारी ९ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। झम्सिखेल ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ।
Facebook Comments


























