फागुन २२ । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले बलियो टिम बोरुसिया डर्टमण्डसँग खेल्दैछ। बायर्नले घरेलु मैदानमा डर्टमण्डको सामना गर्नेछ। बायर्न र डर्टमण्डबीचको खेल नेपाली समय अनुसार राति सवा ११ बजे सुरु हुनेछ।
डर्टमण्डविरुद्ध मैदान उत्रदा बायर्न जितको खोजीमा हुनेछ। बायर्न जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चाहन्छ। बायर्न ५२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बायर्न दोस्रो स्थानको आरबी लाइपजिग भन्दा २ अंकले अघि रहेको छ।
डर्टमण्ड भने ३९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। डर्टमण्ड घरेलु टिमलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ। यस्तै दोस्रो स्थानको लाइपजिगले फ्रेईवर्गसँग खेल्नेछ। बोरुसिया मन्छेनग्लाडबाखले बायर लेवरकुसेनसँग खेल्दा होफेनहाइमले उल्फवर्गसँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























