फागुन २० । पहिलो लेगमा बेहोरेको हारलाई उल्ट्याउँदै दोस्रो लेगमा जित निकालेर बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले ९ खेलाडीमा सीमित भएको सेभिल्लालाई ३–० ले पराजित गर्दै समग्रमा ३–२ को जितसहित फाइनलमा पुगेको हो। पहिलो लेगमा बार्सिलोना २–० ले पराजित भएको थियो।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि १२ औँ मिनेटमा डेम्बेले र इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा पिकेले गोल गरे। त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो बार्सिलोनाका लागि ९५ औँ मिनेटमा ब्रेथवेटले गोल गरेर जित दिलाए। सेभिल्लाका रिगेस इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड र डी जोङ्गले १०३ औँ मिनेटमा सीधै रातो कार्ड पाए। एजेन्सी
Facebook Comments


























