काठमाडौं, फागुन १९ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नयाँबस्ती युवा क्लब र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नयाँबस्ती र टुसालबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ। नयाँबस्ती आज टुसाललाई हराएर लिगको शीर्ष पाँच भित्र उक्लन चाहन्छ। नयाँबस्ती ८ खेलमा ११ अंक जोडेर छैटौं स्थानमा रहेको छ। टुसाल ८ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
अर्को खेलमा उपाधि दाबेदार खुमलटार युथ क्लबले ब्वाइज युनियन क्लबसँग खेल्नेछ। खुमलटार र ब्वाइजबीचको खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। उपाधि दाबेदार खुमलटार ब्वाइजलाई हराएर शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ।
खुमलटार ८ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। सातदोबाटोको २२ अंक रहेको छ। ब्वाइज १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ।


























