काठमाडौं, फागुन १९ । सभामुख, मन्त्री तथा सांसदहरुले बुधबार कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरेका छन्। उनीहरुले बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सुरु गरेका हुन्।
कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सुरु गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए। सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सांसदहरुले खोप लगाइसकेका छन्। पुनःस्थापना पछि फागुन २३ गते संसद् बैठक बस्दैछ। संसद् बैठकअघि सबैलाई खोप अनिवार्य गरिएको छ।

Facebook Comments



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






