काठमाडौं, फागुन १८ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र श्री कुमारी क्लबबीच खेल हुनेछ।
मध्यपुर र श्री कुमारीबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ। मध्यपुर श्री कुमारीविरुद्ध जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ। मध्यपुर ७ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ।
श्री कुमारी ७ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ। लिग अन्तर्गत नै अर्को खेलमा बाँसबारी युवा क्लबले पुल्चोक स्पोर्ट्स क्लबसँग खेल्नेछ।बाँसबारी र पुल्चोकबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ।
बाँसबारी पुल्चोकलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी घटाउन चाहन्छ। बाँसबारी ७ खेलमा १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। पुल्चोक पुछारमा रहेको छ। पुल्चोकले २ अंक जोडेको छ।
Facebook Comments


























