फागुन १६ । ब्याट्सम्यान क्रिस गेलले वेस्ट इन्डिजको राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको सिरिजका लागि घोषणा गरेको टिममा गेल परेका छन्।
गेल टी-ट्वान्टी टिममा परेका हुन्। आक्रामक ब्याट्सम्यान गेल करिब २ वर्षपछि टिममा अटाएका हुन्। यस्तै बलर फिडेल एडवार्ड्सले पनि टिममा पुनरागमन गरेका छन्। उनि ९ वर्षपछि टिममा फर्किएका हुन्।
श्रीलंका र वेस्ट इन्डिजबीच ३ खेलको टी-ट्वान्टी, ३ खेलको एकदिवसीय र २ खेलको टेस्ट सिरिज हुनेछ। टी-ट्वान्टी सिरिज मार्च ३ बाट सुरु हुनेछ।
Facebook Comments

























