मोरङ, फागुन १६ । मोरङको केराबारीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। केराबारी–५ स्थित भित्री सडकखण्डमा को २ त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा शनिबार सहचालक १८ वर्षीय गजेन्द्र राईको मृत्यु भएको हो।
ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका सुनसरी इटहरी–३ का राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
Facebook Comments


























