बर्दिया, फागुन १५ । एम्बुलेन्सले ठक्कर दिँदा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पाटे बाघ घाइते भएको छ। पुर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने बर्दियाको बुढी खोला नजिक एम्बुलेन्सले ठक्कर दिँदा उक्त बाघ घाइते भएको हो।
शनिबार नेपालगञ्जबाट पश्चिमतर्फ गइरहेको से १ च २४२१ नम्बरको एम्बुलेन्सले बाघलाई ठक्कर दिएको थियो। एबुलेन्सले ठक्कर दिएलगत्तै एम्बुलेन्स चालकले नै बाघ घाइते भएको निकुञ्ज प्रशासनलाई जानकारी गराएका थिए।
निकुञ्जको टोलीले घाइते बाघको खोजी गरिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए। घाइते बाघ खोज्नका लागि हात्ती सहितको टोली समेत परिचालन गरिएको उनले भनाई छ। एम्बुलेन्स र चालक नियन्त्रणमा रहेको निकुञ्जले जनाएको छ।
Facebook Comments


























