फागुन १५ । युरोपा लिग फुटबलको प्रि-क्वाटर फाइनल अर्थात् अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ। युरोपा लिगले शुक्रबार अन्तिम १६ को ‘ड्र’ सार्वजनिक गरेको हो।
‘ड्र’ अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले अन्तिम-१६ मा इटालियन क्लब एसी मिलानसँग भिड्नेछ। अर्को इंग्लिस क्लबले आर्सनलले ओलम्पियाकोससँग खेल्दा टोटेनहमले डिनामो जाग्रेबसँग खेल्नेछ।
स्पेनिस क्लब ग्रानडाले मोल्डेसँग खेल्दान आयाक्सले योङ ब्वाइजसँग खेल्नेछ। यस्तै डाइनामो कोभले भिल्ला रियलसँग खेल्नेछ भने इटालियन क्लब रोमाले शाख्तर डोनेस्क्टसँग खेल्दा रेन्जर्सले स्लाभियासँग प्रतिस्पर्धा गर्ने भएको छ। एजेन्सी
Facebook Comments


























