काठमाडौं, फागुन १४ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले रोमान्चक जित निकालेको छ। शुक्रबार भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३-२ गोलको जित निकालेको हो।
सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे। खुमलटारका सबिन केसी र आदिल हमिदले एक एक गोल फर्काए।खेलको ११ औं मिनेटमा दोर्जेले पेनाल्टीमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए।
तर, २६ औं मिनेटमा सबिनले फ्रिकिकबाट गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए। खेलको ४८ औं मिनेटमा आदिलले गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाए। खेलको ६१ औं मिनेटमा आशिषले गोल गर्दै सातदोबाटोलाई २-२ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको ७४ औं मिनेटमा भुवनले गोल गर्दै सातदोबाटोलाई ३-२ को जित दिलाए।
जितसँगै सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ। सातदोबाटो शीर्ष स्थानमा यथावत रहेको छ। खुमलटारले ७ खेलमा १६ अंक जोडेको छ। खुमलटार लिगको दोस्रो स्थानमा रहेको छ।


























