अछाम, फागुन १४ । अछाममा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको आरोपमा साँफेबगर नगरपालिका–५, नवाठाना बस्ने ३८ वर्षीय जित बुढा पक्राउ परेका हुन्।
जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय अछाम र इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ।
Facebook Comments


























