काठमाडौं, फागुन १३ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा आरसीटी र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
आरसीटी र नयाँबस्तीबीचको खेल अपरान्ह सवा १ बजे सुरु हुनेछ। दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। नयाँबस्ती ६ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ। आरसीटी ६ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ।
यस्तै दोस्रो खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच खेल हुनेछ। झम्सिखेल र ब्वाइजबीचको खेल अपरान्ह साढे ३ बजे सुरु हुनेछ। झम्सिखेल ६ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ। ब्वाइज ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
Facebook Comments


























