बुडापेस्ट, फागुन १३ । युरोपेली मुलुकमा हङ्गेरीले मात्रै चिनियाँ खोप प्रयोगको अनुमति दिएको छ। हंग्रीको स्वास्थ्य अधिकारीहरूले चिनियाँ खोप सिनोफार्म लगाउन सुरक्षित रहेको ठहर गरेलगत्तै बुधबारदेखि कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरू भएको छ।
चिनयाँ खोप प्रयोग गर्नेमा हङ्गेरी पहिलो र एक मात्र युरोपेली मुलुक हो। प्रधानमन्त्री भिक्टर अर्बानले पनि चिनियाँ खोप प्रयोग गर्नेमा आफ्नो देश पहिलो र एक मात्र युरोपेली मुलुक भएको बताएका छन्। झण्डै एक करोड जनसङ्ख्या रहेको यस मुलुकका लागि झण्डै ५० लाख खोप माग गरिएको उनले बताए।
युरोपेली मुलुकहरूमा विकास गरिएको खोप नलगाइएको भन्दै कतिपयले हङ्गेरीको आलोचनासमेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। एजेन्सी
Facebook Comments


























