चितवन, फागुन १२ । पछिल्लो २४ घन्टामा नेपालमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ६ सय ९२ पीसीआर परीक्षणमा ९४ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।
आज काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २, ललितपुरमा १२ र काठमाडौंमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ।
हालसम्म १ हजार ५ सय ५५ जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार बुधवार ७१ जना संक्रमित भाइरसमुक्त भएका छन्। यससँगै मुलुकभर २ लाख ७० हजार १ सय ३९ जना कोरोना भाइरस मुक्त भएका छन्। बुधवार मृतकको संख्या १ रहेको छ। हालसम्म २ हजार ६६ जना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























