वीरगन्ज, फागुन १२ । पर्साको ठोरीमा चितुवाको आक्रमणबाट एक जना बृद्ध घाईते भएका छन्। पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको चितुवाले मंगलवार राति करिब साँढे आठ बजेको समया घर भित्रै पसेर आक्रमण गरेको हो।
घाईते हुँनेमा ठोरी गाउँपालिका वडा नं. ५ का स्थानीय ६५ वर्षीय कुलबहादुर खत्री रहेका छन्। उनको मुख, हात र नाकमा २४ वटा टाँका लगाईएको स्थानीय प्रहरीको भनाई छ। घाईते खत्रीको स्थानीय क्लिनिकमा उपचार भईरहेको उनको परिवार जनले बताएका छन्।
Facebook Comments


























